काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन् । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन् ।
बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो ।
कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया