घरेलु हिंसाका घटना घटे

रोल्पा, २९ असोज ।रोल्पामा घरेलु हिंसा र सामाजिक हिंसाका घटना कमी हुँदै गएकोे छ ।जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा हिंसापीडितको दर्ता संख्या ११२ पुगेकामा आव ०७३/०७४मा ८८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७१/०७२ मा घरेलु हिंसाका ८९ वटा उजुरी दर्ता भएको थियो । दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र गरी टुंग्याइने गरेको बताइएको छ ।लैंगिक तथा सामाजिक हिंसाविरुद्ध जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी युनिट तथा लैंगिक हिंसाविरुद्धको जिल्लास्तरीय सञ्जालले समेत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका कारण पछिल्ला दिनमा हिंसा कमी आएको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?