सूचना मन्त्रालयको निर्देशनपछि इन्टरनेट सेवा विस्तार ठप्प

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि अर्बौंका आयोजना ठप्प भएका छन् ।

मन्त्रालयले गत वैशाख १५ गते दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै प्रशासनिक बाहेकका अन्य कुनै पनि काम अघि नढाउन निर्देशन दिएको थियो । उक्त निर्देशनपछि प्राधिकरणले काम गरिरहेका १६ अर्ब बराबरका आयोजना ठप्प भएका हुन् । 

मन्त्रालयले पत्र पठाएको चार महिना बितिसक्दा पनि अर्को पत्र नपठाएकाले देशभर इन्टरनेट विस्तारका साथै अन्य आयोजनाको काम अनिश्चित भएको छ । 

प्राधिकरणले मध्यपहाडी लोकमार्गमा पूर्वदेखि पश्चिमसम्म ‘ब्रोडब्यान्ड ब्याकबोन’ राख्न अप्टिकल फाइबर विस्तार आयोजनाअघि बढाएको थियो । जसमा प्रदेश १ देखि ३ सम्म नेपाल टेलिकम, ४ र ५ मा युटिएल, ६ र ७ मा स्मार्ट टेलिकमलाई विस्तारको जिम्मा दिएको थियो । 

१० अर्ब लागतको यो आयोजनामा वैशाखदेखि कुनै पनि काम भएको छैन । 

त्यस्तै एक वर्र्षिभत्र देशभरका गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकीमा ५१५ केबिपिएसको ब्रोडब्यान्ड इन्टरनेट पु–याउन १८ परियोजना सुरू गरेको थियो । 

इन्टरनेट सेवाप्रदायक छनौट गरेर सञ्चालन हुने यो परियोजनाका सबै काम अहिले रोकिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?