सिंहदरबार अगाडि नग्न प्रदर्शन

काठमाडौं । राष्ट्रिय जनावर बदली गर्न माग गर्दै सिंहदरबार अगाडि एक व्यक्तिले नग्न प्रदर्शन गरेका छन् । 

शुक्रबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि ‘जनवार सबै एक हुन्, कानुन सबैलाई लागू गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका माग राखेर बिकिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन् ।

नग्न प्रदर्शन गरेका लिम्बुले गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरबार अगाडीनै नग्न प्रर्दशनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती युवा जितिन लिम्बु हुन् । 

सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?