काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर भुटानले दिएको ६७ रनको लक्ष्य पुरा गरेको हो । नेपालका लागि सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रन जोडिन् । साना प्रविनले १२ रन जोड्दा आश्मा पुलामी मगर ३ तथा किरण कुमारी कुँवर २ रनमा आउट भईन् ।

सृष्टि जैसीले ८ रन कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा सुन्य रनमा आउट भईन् । एलिशा कुमारी यादव २ रनमा अविजित रहिन् । भुटानका सांगे वाङ्मोले ३ तथा अन्जुली घली र सोनमले १र१ विकेट लिए ।
जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । अंक विहीन भुटान पुछारमा रहेको छ ।
अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया