काठमाडौं । कलंकी अण्डरपास सञ्चालन हुन अझै केही दिन लाग्ने भएको छ ।
शुक्रबारबाट सञ्चालन आउने कलंकी अण्डरपासको काम अझ बाँकी रहेको भन्दै केही दिन लाग्ने भएको हुँदा आज अण्डरपास नखुल्ने चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालका अनुसार अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम बाँकी छन् । ती काम छिट्टै सकेर सर्वसाधारणको लागि अण्डरपास खुलाउने आयोजनाको तयारी छ ।
६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा सकिन लागेको हो ।
असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको आयोजनाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया