नयाँ कानुन आजदेखि लागू, एकैपटक १३ ऐन खारेज

काठमाडौं ।नयाँ संहिता शुक्रबार (आज)देखि लागू हुने भएको छ । 

नयाँ संहिता लागू हुने भएसंगै  मुलुकी ऐनसहितका १३ ऐन एकैपटक खारेज भएका छन्। 

मुलुकी ऐनसहितका छरिएका १३ ऐनका सबै व्यवस्थाहरू जारी भएको संहिताले सम्बोधन गरेपछि ऐन खारेज भएका हुन्।

केही नेपाल ऐन संशोधन विधेयकमार्फत गत वर्ष नै यी ऐनहरू खारेज गर्नेगरि विधेयक पारित भएको थियो। 

ऐनहरू खारेज भएको सुचना  कानुन मन्त्रालयले पहिले नै प्रकाशन गरिसकेको छ ।  मन्त्रालयकका अनुसार, खारेजीमा परेका ऐनअनुसार भए÷गरेका काम कारबाही अब संहिता अनुसार नै हुनेछ । 

नागरिक अधिकार ऐन २०१२, गाली र बेइज्जती ऐन २०१६, नेपाल कोर्ट फि ऐन २०१७, जासुसी ऐन २०१८, भिक्षा माग्ने(निषेध)ऐन २०१८, मुलुकी ऐनजुवा ऐन २०२०, विवाह दर्ता ऐन २०२८, सरकारी मुद्दा सम्बन्धी ऐन २०४९, करार ऐन २०५६, केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन २०२०, केही सार्वजनिक (अपराध र सजाय)ऐन २०२७, राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६  खारेज भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?