आजदेखि लागू हुदैँ नयाँ मुलुकी ऐन

काठमाडौं । नयाँ मुलुकी संहिता २०७४ आजदेखि लागूहुने भएको छ ।  । 

सन् १९१० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरिएको छ । 

प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर राणाले मुलुकी ऐन तर्जुमा गरेका थिए । २०२० मा केही संशोधन भएको मुलुकी ऐन १६५ वर्षपछि प्रतिष्थापन हुँदैछ ।
मुलुकी अपराध संहिताअन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।

मुलुकी अपराध संहिता अन्तर्राष्ट्रिय फौजदारी न्याय प्रणालीमा आधारित भएको जनइएको छ । 

मुलुकी अपराध संहिता निर्माणका लागि सरकारले २०६५ मंसिर १८ गते तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा ‘फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदल’ गठन गरेको थियो । सोही कार्यदलले तयार गरेको मस्यौदालाई संसदले २०७४ भदौमा पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?