काठमाडौं-जंगबहादुर राणाले १६५ वर्षअघि जहानियाँ राणाशासन मात्र सुरु गरेनन्, मुलुकमा लिखित कानुन निर्माण गरी त्यसका आधारमा शासन गर्ने पद्धतिसमेत बसाए । युरोप भ्रमणमा जाँदा ‘नेपोलियन कोड १८०४’ बाट प्रभावित भएका उनले नेपाल फर्केलगत्तै १९१० सालमा प्रचलित धर्म–परम्परा, सनद–सवाल, प्रथा आदिमा आधारित मुलुकको पहिलो संहिताबद्ध कानुन जारी गरेका थिए । जसलाई ‘मुलुकी ऐन’ भनियो ।
उक्त मुलुकी ऐन समय–समयमा संशोधन हुँदै आयो । यसपटक भने सरकारले डेढ शताब्दी पुरानो उक्त ऐनलाई विस्थापन गर्दै मुलुकी संहिताको नाममा नयाँ ऐन ल्याएको छ ।
पुरानो मुलुकी ऐन विस्थापित गरी समयानुकूल कानुन निर्माण गर्न सरकारले अघिल्लो व्यवस्थापिका–संसद्मा दर्ता गराएका पाँच विधेयक पारित भई कानुनी स्वरूप पाइसकेका छन् ।
अघिल्लो वर्ष नै ऐनको रूपमा आए पनि यो औपचारिक रूपमा शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ । संसद्ले मुलुकी ऐनलाई पाँचवटा संहितामा रुपान्तरण गर्दै नयाँ बदलिएको प्रविधि र विकासक्रम समेटेर ती अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने गरी संसद्ले कानुन निर्माण गरेको छ ।
मुलुकी संहिताका पाँचवटा स्वरूप छन् । फौजदारीतर्पm मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन छन् । देवानीतर्फ मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता छन् ।
एउटै मुलुकी ऐनबाट विस्थापित भई बनेका यी सबै ऐन संसद्बाट पारित भई लागू हुने चरणमा छन् । यो संहिता लागू भएपछि नयाँ कानुनी युग प्रारम्भ हुने विश्वास गरिएको छ ।राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया