प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेट, के भयो कुराकानी ?

लोकपथ
196
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री देउवालाई घेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।

भेटघाटका क्रममा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

यसैगरि उनीहरुबीच नागरिकतालगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?