एकीकृत समाजवादीबाट को-को बन्दैछन् मन्त्री ? यस्तो छ सिफारिस भएका नाम

लोकपथ
252
Shares

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नामहरु सिफारिस गरेको छ ।

४ मन्त्री  र १ राज्यमन्त्रीसहित सरकारमा सामेल रहेको एकीकृत समाजवादीले मन्त्री बन्नेहरु ५ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

जसअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

यसअघि रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ (राज्यमन्त्री) सरकारमा सामेल रहेका थिए ।

यसअघि सरकार गठनको समयमा भएको सहमतिअनुसार मन्त्री हेरफेर गरिएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?