काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका हरेक सदस्यसँग न्यूनतम १०० को दरले उठाउने भएको छ ।
आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमालटारमा बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो ।
बैठकले पार्टीको केन्द्रीय कार्यालय व्यवस्थित तथा विस्तार गर्नका लागि प्रत्येक सदस्यबाट १ सयका दरले उठाउने निर्णय गरेको हो ।
हाल माओवादी केन्द्रको ८ लाख सदस्य रहेका छन् । उनीहरु प्रत्येकबाट एक महिनाभित्र एक सयका दरले उठाउने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताए ।
त्यसैगरी बैठकले पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीभित्र देखिएको विवाद समाधान खोज्ने समेत निर्णय गरेको छ । क्रान्तिकारीको विवादित दुवै पक्षलाई बोलाएर सममति गराउने समेत बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया