बुटवल । रुपन्देहीको सैनामैनामा हृविंगरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सैनामैना–४ मुर्गिया लायन्स चोक नजिकै लु१प ७७४३ नम्बरको मोटरसाइकललाई लु१ज २७२८ नम्बरको हृविंगरले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक सैनामैना–४ का ४० वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको छ ।
हृविंगरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै स्थानीय बासिन्दाले हृविंगरमा आगजनी गरेका छन् ।
कलिपवस्तुको जीतपुर (चारम्बर)बाट बुटवलतर्फ आउँदै गरेको हृविगंरले सैनामैना–१ रानिबगीयाबाट रामापुरतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया