काठमाडौं । नेकपा एमालेले नेता घनश्याम भुसाललाई कारबाही गर्ने सिफारिस गरेसँगै पार्टीभित्र र बाहिर खैलाबैला मच्चिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै शनिबार एमाले अनुशासन समितिले नेता भुसाललाई कारबाहीको लागि सिफारिस गरेको हो ।
त्यससँगै पार्टी पंक्तिभित्र भात्र नभइ बाहिर पनि ठूलो खैलाबैला मच्चिएको छ । सुरुबाटै अध्यक्ष ओलीको कार्यशैलीप्रति आलोचना गर्दै आइरहेका थिए भुसाल । यद्यपि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले हार व्यहोर्नुमा अध्यक्ष ओलीको नेतृत्व फेल भएको टिप्पणी गर्दै आइरहेका छन् ।
यसरी ओलीको आलोचना गरेपछि भुसाल पार्टीको कारबाहीमा परे पनि त्यसबाट ओलीको समर्थन गर्ने नेताहरु समेत उक्त निर्णयबाट सन्तुष्ट भने छैनन् ।
त्यसो त नेतृत्व प्रधानताको नीति लिँदै आइरहेको नेकपा एमालेमा पार्टी अध्यक्षको आलोचना गर्नेहरु कारबाहीमा पर्दै आएका छन् । भुसालको कारबाहीलाई त्यसैको निरन्तरता भएको कतिपयको बुझाइ रहेको छ ।
यद्यपि भुसाल आफैँले भने आफूमाथि गर्न लागिएको कारबाहीको डटेर सामना गर्ने प्रतिक्रिया दिँदै आएका छन् । भुसाल पार्टीभित्रको समस्या समाधानका लागि ओलीलाई कारबाही गर्नुपर्ने उनको तर्क रहेको छ ।
भुसालमाथि गरिएको कारबाही सचिवालय बैठकले सदर गर्नुपर्नेछ । तर पार्टी विभाजन हुँदा ओलीलाई असहयोग गर्ने नेताहरुले उक्त कारबाहीलाई सदर गर्ने पक्षमा नदेखिने कतिपयको बुझाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया