अस्पतालमा बिरामीले डाक्टरलाई कुट्ने कानून बनाएका छैनौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फौजदारी र देवानी कानूनको विषयमा भ्रम फिजाउने काम भइरहेको बताएका छन् । 

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्याक्रममा बोल्दै प्रधनमन्त्री ओलीले गत वर्ष निर्माण गरिएको कानूनमा अहिले आएर हल्ला फिजिएको बताए । 

‘अहिले लागू हुने कानून गत वर्ष बनेको हो’, ओलीले भने, ‘त्यसमा भ्रम फिजाउने प्रयास भएको बताउँदै अस्पतालमा बिरामीले डाक्टर कुट्ने कानून नबनाइएको दाबी गरे ।

‘कसैले त्यस्तो कानून बनाउँछ?, पास गर्छु !’, ओलीले भने, ‘त्यो भएको छैन । तर, भ्रम फैलाउने  काम भएको छ । अन्यौलता फैलाउन खोजिएको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकार आफ्नो काममा नअल्मलिएको बताउँदै, उनले भने, ‘देश अलमलिएको छैन, युवा पंक्ति अलमलिएको छैन । तर, केही मानिसहरूलाई परेको छ अलमल्याएको हो कि भनेर’,उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?