२६ श्रावण २०७९, बिहीवार

१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

२०७४,आश्विन,२९,आईतवार ०६:३५

0
Shares

गौशाला, २९ असोज ।प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो ।काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स रात्रिसेवा बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागी जाँच गरेको थियो ।प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्ति र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका ४ सदस्य मृत भेटिए । बिहान अबेरसम्म पनि घरको दैलो नखुलेपछि छिमेकीले

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र

काठमाडौ । विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ । मन्त्रीस्तर र सचिवस्तरको विभिन्न

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैँडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक

ताजा समाचार