काठमाडौं । छिमेकी राष्ट्र चीनलाई उपहार दिन लागेको ‘सोल्टी’ र ‘मितिनी’ नामको गैंडालाई भोली (शुक्रबार)मात्र पठाइने भएको छ ।
आज पठाइने भनिए पनि चीनमा आएको भीषण आँधीबेहरीका कारण उडान रद्द भएपछि भोली (शुक्रबार)मात्र पठाइने भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जले यी जोडी गैंडालाई सेनाको स्कर्टिङसहित सडकमार्गबाट बुधबार काठमाडौं पठाएको हो । काठको खोर (पीट बोमा) मा थुनेर ट्रकमा राखि गैंडालाई काठमाडौं पठाईएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएका थिए ।
चितवनबाट काठमाडौं ल्याईएका गैडालाई भोली (शुक्रबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन पठाईँदैछ ।
नेपालले यसअघि वैशाख २८ गते पनि ‘रूपसी’ र ‘भद्र’ नाम गरेका एकजोडी गैंडा चीनलाई उपहार दिइसकेको छ । यी गैंडालाई चीनले हाल ‘चिमे लङ सफारी पार्क’मा राखेको छ ।
नेपालमा पाईने एकसिंगे गैंडालाई विश्वकै दुर्लभ प्राणी मानिन्छ । नेपालमा हाल ६ सय ५ वटा एकसिंगे गैंडा छन् ।
नेपाल सरकारले हालसम्म १० वटा देशहरूलाई २६ वटा गैंडा उपहार दिएको छ । सन् १९८४ मा भारतलाई ४, सन् १९८७ मा अमेरिकालाई २ र जर्मनी, बंगलादेश, अष्ट्रिया र जापान सरकारलाई २‘२ वटाका दरले नेपाल सरकारले गैंडा उपहार दिएको हो ।
यस्तै पाकिस्तान, बर्मा र थाईल्याण्डलाई पनि दुईवटाका दरले गैंडा उपहार दिइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया