नाग पञ्चमी : डुंगामा सयर गरी नाग राजाको दर्शन

आज नाग पञ्चमी । अर्थात् सर्पको राजा नागको पूजा आराधना गर्ने दिन ।

हरेक वर्ष जस्तै घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजार्चना गर्दै यस वर्षको नाग पञ्चमी मनाइदै छ ।

यसो गर्नाले वर्षभरि घरमा सर्प, विच्छी लगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रत्येक घरको जगमुनि नाग हुन्छन् । त्यहाँ बसेका नाग रिसाई गएमा घरको जग नै भत्किन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिइँदै आइएको हो । 

यद्यपी नाग वा सर्पले वातावरणमा भएका प्रदूषित तत्त्वलाई शोषण गरेर वातावरणीय स्वच्छता कायम गर्न मद्दत गर्ने भएकाले पनि नाग पञ्चमीको विशेष महत्त्व रहेको वैज्ञानिक अनुसन्धानले पुष्टि गर्छ ।

त्यसैले यस दिनलाई खास मान्दै काठमाडौंको नागपोखरी मा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन विशेषरुपमा नागको पूजार्चना हुने गरेको छ ।

यस वर्ष पनि नागपोखरीलाई दुलही जस्तै सिँगारिइयो । रंगरोगन गरेर, फूलले सजाएर धपक्कै बल्यो नागपोखरी । दुध, अक्षता, दूबो लगायतका सामाग्री लिएर नाग पूजा गर्न तत्पर भक्तजनहरुसँगै काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि सामेल भए ।

१६ तस्वीरमा यस्तो देखियो नाग पोखरी :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?