विदेश जाने कामदारको नेपालमा सञ्चय कोषको व्यवस्था हुने

काठमाडौं । विदेश जाने कामदारको नेपालमा सञ्चय कोषको व्यवस्था हुने भएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो व्यवस्था गर्ने तयारी अघि बढाएका हुन् । 

सांसदमा बोल्दै मन्त्री गोकर्ण विष्टले स्वदेश र विदेशमा रहने नेपाली श्रमिकको सामाजिक सुरक्षको व्यवस्था गर्न लागिएको जानकारी दिए । 

नेपालमा रहेका श्रमिकहरुको सञ्चय कोषको व्यवस्था गर्न अहिलेकै सामाजिक सुरक्षा कोषलाई सक्रिय बनाउने मन्त्रालयको तयारी छ । तर, विदेशमा जाने कामदारहरुको सञ्चय कोष र अन्य सामाजिक सुरक्षा कार्यक्रमको लागि भने अध्ययन कार्यदल गठन गरिएको विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?