१७ मङ्सिर २०७९, शनिवार

भाषा, संस्कृति, पहिचान विषय पाठ्यक्रममा समावेश गर्न माग

२०७४,आश्विन,२९,आईतवार ०६:२६

0
Shares

 नवलपरासी, २९ असोज ।लोक वार्ता परिषद् नेपालको सातौँ राष्ट्रिय सम्मेलनले स्थानीयस्तरका विभिन्न भाषा संस्कृति, पहिचानलगायत विषय पाठ्यक्रममा समावेश गर्न सरकारसँग माग गरेको छ ।यही असोज २२ गतेदेखि कपिवस्तुबाट शुरु भएको सम्मेलनको सत्र नवलपरासीमा आएर आठबुँदे नवलपरासी घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो । सम्मेलनमा लुम्बिनी अञ्चलका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेका ऐतिहासिक, पुरातत्विक, कला, संस्कृति, भाषालगायत विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो । कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका तिलौराकोट, लुम्बिनी, रामग्राम स्तूप, त्रिवेणी धामलगायत स्थानका बारेमा विस्तृत अध्ययन अनुगमन भएको छ ।सम्मेलनमा पुरातात्विक, ऐतिहासिक एवं कला संस्कृतिलगायत विषयमा विभिन्न विज्ञबाट ५६ कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलनले तीनवटै जिल्लाका ऐतिहासिक, पुरातात्विक एवं भाषिक, सांस्कृतिक विषयसहित स्थानीय पहिचानको संरक्षणका लागि आग्रह गरेको छ । आगामी वर्षमा आठौँ राष्ट्रिय सम्मेलनका लागि भोजपुर र त्यसको सेरोफेरोका क्षेत्र चयन गरी संयोजकमा डा भक्त राईलाई तोकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०६:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गलेश्वर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु

चितवन । मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु बाच्न सक्ने चिकित्सकले बताएका छन् । स्वस्थ

काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन

पाल्पा । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई

ताजा समाचार

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५
‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२