आयोग साहको हत्या परिवारकै सदस्यबाट भएको खुलसा

वीरगञ्ज । पर्सा बहुदरमाई नगरपालिका –२ का ६ वर्षीय आयोग साहको हत्या परिवारकै सदस्यबाट भएको खुलसा भएको छ । गत असार ३१ गते स्थानीय पोखरीमा आयोग साह मृत भेटिएका थिए । 
शिवजी साहको छोरा आयोगको हत्या हजुरबुवा र ठूली आमा मिलेर गरेको प्रहरी दाबी छ ।

हत्या अभियोगमा प्रहरीले जिल्ला पर्सा, बहुदरमाई–२, बैरीया विर्ता बस्ने ताराचन्द साह र रितादेवी साहलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । ताराचन्द आयोगका हजुरबुवा हुन् भने रिता ठूली आमा ।
घटनाको अनुसन्धान गर्दै जाँदा मृतकको बाजे ताराचन्द र ठूली आमा रिता देवी मिलेर आयोगको हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए ।

‘अनुसन्धानको क्रममा संकलित प्रमाणका आधारमा उनीहरु दुवै जना मिलेर बालकको हत्या गरेको देखिएको छ’, उनले भने ‘हत्याको कारण खुल्न सकेको छैन, थप अनुसन्धान गरिरहेका छौं ।’ नायव उपरीक्षक थापाले भने । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?