पञ्जाबी गायकको हत्यारा खाेज्न दिल्ली पुलीस नेपालमा

लोकपथ
1.5k
Shares

काठमाडौं । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल आएको छ ।

रतीय सञ्चार माध्यमले जनाए अनुसार गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न हतियारधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल आएकाे हाे ।

पछिल्लो समय राजनीतिमा प्रवेश गरेका गायक मुसेवालाको सुरक्षा व्यवस्था पञ्जाब सरकारले हटाएकाे भाेलीपल्टै अज्ञात समूहले उनको हत्या गरेकाे थियाे ।

पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिसकेकाे छ ।

पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार मुसेवालाको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?