१३ चैत्र २०७९, सोमवार

‘आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याइने’

२०७४,आश्विन,२९,आईतवार ०६:२२

0
Shares

नेपालगन्ज, २९ असोज ।प्रेस काउन्सिल नेपालका सदस्य संगीता खड्काले पत्रकार आचारसंहिता पालना नगर्ने सञ्चार संस्थानलाई कारबाहीको दायरामा ल्याइने बताएकी छिन ।काउन्सिलको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेद्वारा शनिबार यहाँ आयोजित ‘पत्रकार आचारसंहिता पालनामा सञ्चार संस्थाको’ भूमिका विषयको अन्तक्र्रिया कार्यक्रममा उहाँले सञ्चार संस्था नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै त्यसका लागि पत्रकार र सञ्चार संस्था कसैको आग्रह तथा पूर्वाग्रहमा लाग्न हुँदैन भनीन  ।कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष ठाकुरसिंह थारु, पूर्वअध्यक्षद्वय नीरज गौतम र रुद्र सुवेदी, पत्रकार कृष्ण खनाल, सकिल अहमद कादरी, आलम खान, दुर्गा रोकाय र तिलक गाउँलेले स्वतन्त्र तथा निष्पक्ष पत्रकारिता गर्नका लागि पत्रकार आचारसंहितालाई शिरोधार्य गर्नुपर्ने धारणा राखे । त्यस अवसरमा काउन्सिलद्वारा प्रकाशित त्रैमासिक पुस्तिका ‘संहिता’ र वार्षिक प्रतिवेदन सहभागी पत्रकारलाई उपलब्ध गराइएको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०६:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६