आज दिनभर के-के भए ? हेर्नुहोस् आजका मुख्य खबर (भिडियोसहित)

लोकपथ
63
Shares

१  सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आज पनि प्रतिनिधिसभामा छलफल, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध सार्वजनिक प्रस्ताव पेस, मूल्यवृद्धि घटाउन सांसदहरुको माग

२  बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई कम गर्दै गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई प्रधानमन्त्री देउवाको आग्रह, बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविष्य सुनिश्चित गर्न नसकिने भनाइ

३  बजेटले निर्वाचनलाई उथलपुथल गराउने गरी प्रभाव नपार्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, कृषि उत्पादन बढाउने गरी बजेट आएको स्पष्टोक्ति

४  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने, महाधिवेशनअघि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन, भदौ १५ गतेसम्म जिल्ला सम्मेलन गर्ने निर्णय

५  सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको प्रतिबद्धता, ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर फोहोर व्यवस्थापन गर्ने भनाइ

६  वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत, अबदेखि पूर्वश्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिकको स्वास्थ्य परीक्षण गरिने

७  बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारको निर्देशन, तोकिएका सवारीले इम्बोस्ड नम्बर  प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी

८  सरकारले पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा निजी क्षेत्रलाई संलग्न गराउनेबारे अध्ययन गर्ने, आयल निगमको पुनर्संरचना गर्नेदेखि पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित बनाउन उच्चस्तरीय कार्यदल गठन

९  पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै सार्वजनिक यातायातको सवारी भाडा पनि घट्यो, यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटाइएको यातायात व्यवस्था विभागको भनाइ

१०  अध्ययनलाई निरन्तरता दिन नेपाली विद्यार्थीहरू चीन जान पाउने, पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थी लैजाने, पुनः भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्न शिक्षा मन्त्रालयको आग्रह

११  बजेट भाषणपछि साताभर नै घट्यो सेयर बजार, नेप्से परिसूचक २ हजार ७८ विन्दुमा ओर्लियो, कारोबार रकम पनि बढ्न सकेन

१२  रुस–युक्रेन युद्धको एक सय दिन पूरा, युद्धमा हालसम्म २० प्रतिशत युक्रेनी भूमि रुसी सेनाले नियन्त्रणमा लिएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी

१३  ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएन, वर्षाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो, बाढीका कारण ९ हजारभन्दा बढी मानिस विस्थापित

१४  सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबले हात पा¥यो, शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लब ४–२ गोल अन्तरले पराजित

१५   नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमनसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्ने, बलियो टोली ओमनविरुद्ध खेलेर नेपालले आफ्नो स्तरको परीक्षा लिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?