रुपन्देही । रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ ।
आज ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् ।
यससँगै नगर प्रमुख जितेको नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अल्पमतमा परेको छ । निर्वाचनबाट एमालेका टेक बहादुर विश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मिरा क्षेत्री र सिता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया