रौतहटको इशनाथको कार्यपालिकामा एमाले र नेपाली कांग्रेस गठबन्धन विजयी

लोकपथ
147
Shares

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको निर्वाचन भएको छ । जसमा गठबन्धनको प्यानलै विजयी भएको छ ।

एमाले–कांग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला सदस्यहरुमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खातुन,कमली देवी,समसुन नेसा रहेकी छन् । त्यस्तै दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा निर्वाचित भएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराए । गठबन्धनका कारण लोसपा र समाजबादीका उमेदवार पराजित हुन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?