राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस

लोकपथ
119
Shares

काठमाडौं । संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ संसदमा पेस गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गरेका हुन् ।

आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ पेस गरेका थिए ।

यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?