पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने तयारी

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा पुनः सुशील ज्ञवालीलाई नियुक्त गर्ने तयारी गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गर्न लागेको हो । 

अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । तर, प्रचण्ड सरकारले हटाएको थियो । प्रचण्ड सरकारले बर्खास्त गरेपछि ज्ञवालीले पुनर्वहालीके माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । 

ज्ञवालीले मुद्दा फिर्ता लिएसँगै उनलाई प्राधिकरणको सिइओमा नियुक्त गर्ने तयारी भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?