किन स्थगित भयो मोदीको पोखरा र लुम्बिनी भ्रमण ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी र पोखराको भ्रमण रद्द गरेका छन् । 

यहि भदौ १४ र १५ गते आयोजना हुने बिमस्टेक सम्मेलमा भाग लिन आउन लागेका भारतीय मन्त्री मोदीले अन्तिम समयमा आएर लुम्बिनी र पोरखाको भ्रमण रद्द गरेका हुन् । 

सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो । यसका लागि भारतीय दूतावास र नेपाल सरकार तयारीमा जुटिसकेका थिए । तर, अन्तिम समयमा आएर मोदीले सुरक्षाको कारण देखाउँदै उक्त भ्रमण रद्द गरेएका हुन् । 

गत वैशाख २८ र २९ गते नेपाल भ्रमण रहेका बेला मोदीले जसरी पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने बताएका थिए । 

दूतावास स्रोतका अनुसार भने सुरक्षाको करण भ्रमण स्थगित भएको जनाएको छ । 

‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि आएका हुन्छन् । सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने हुन्छ,’ दूतावस स्रोतले बताए ।

यसैगरी सम्मेलनमा भाग लिन काठमाडौं आउँदा मोदीले भारतको सहयोगमा गौशालामा निर्मित धर्मशालाको उद्घाटन गरिने नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले जानकारी गराइसकेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?