काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाललाई पेट्रोलियम ऐन ल्याएर देशलाई पेट्रोल डिजेल र एलपीजी ग्यास मुक्त देश बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध पेस भएको सार्वजनिक महत्वको प्रस्तावका विषयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद थापाले सो कुरा बताए ।
हामीले आजैबाट पेट्रोल डिजेल र एलपीजी ग्यासको विकल्पमा काम गर्न नसकेमा सधैँ मूल्यवृद्धिको असर भोग्नपर्ने बताए ।
‘पेट्रोलियम ऐन चाहियो । पेट्रोलियम ऐन हामीले लिएर आयौँ भने हामीलाई केही बाटो देखाउँछ । जति हामीले आजैबाट हामीले नेपाललाई पेट्रोल डिजेल र एलपीजी ग्यास मुक्त देश बनाउन आजैबाट हामीले महत्वकांक्षी योजनाका साथ ५ वर्ष, ६ वर्ष र १० वर्षमा गर्ने भनेर हामी लाग्यौँ भने बाच्छौँ हामी । नत्र हामीले एकातिरबाट कर घटाए पनि अर्कोतिरबाट कहि न कहिबाट बढाउन परिहाल्छ फेरि ।’ उनले भने ।
त्यसैगरी उनले पेट्रोलियम पदार्थ खपत कम गर्ने नीतिलाई प्रभावकारी बनाउँदै लगेर त्यसबारेमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन् । त्यसबारेमा संसदमा छलफल चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया