टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई अदालत लगियो

कैलाली । टीकापुर घटनाको अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

टीकापुर घटना भएको तीन वर्षपछि चौधरी लगायत अन्य अभियुक्तहरुलाई बुधबार जिल्ला अदालतमा उपस्थित गराइएको हो । 

उक्त घटनामा २ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनाविरुद्ध विभिन्न अभियोग छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

यसअघि साउन २४ गते तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो ।

प्रतिवादीतर्फका कानुन व्यवसायी गंगाराम पाध्यायले बुधबार नै मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादीतर्फको प्रमाण बुझेर साक्षी बोलाउन आदेश जारी हुन सक्ने बताए ।

काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका प्रतिनिधि सभा सदस्य रेशम चौधरीको पेशी बिहीबार हुने भएको छ । 

टीकापुरमा भएको थरुहटर थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा १ नाबालकसहित ७ प्रहरीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?