भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर–६ स्थित थापा पार्टी प्यालेस नजिक मोटरसाइकलको. ठक्करबाट ७५ वर्षीय जेष्ठ महिलाको मृत्यु भएको छ ।
बा १९ प ३३६१ नम्वरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी सिन्धुपाल्चोक चौतारा घरभइ हाल सो ठाँउमा बस्दै आएकी लक्ष्मी श्रेष्ठ र ६५ वर्षीय मैया श्रेष्ठलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट सख्त घाइते दुईटै जनाको युवामुरा अस्पतालमा उपचार गर्ने क्रममा त्यहाँ पनि उपचार हुन नसकी जेष्ठ महिला लक्ष्मीलाई कृष्ट अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दु्रतगतिमा रहेको मोटसाइकल अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको भनाई प्रहरीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया