स्पेन र पोर्चुगलले खेले बराबरी

लोकपथ
140
Shares

काठमाडौं । यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले  स्पेनसँग अंक खोसेको हो ।

स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए । ८२औँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?