शैक्षिक परामर्श संस्था नै वैदेशिक रोजगारी व्यवसायमा, करोडौं रकम झ्वाम !

लोकपथ
56
Shares

काठमाडाैं । पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृती लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएकाे छ ।

शैक्षिक परामर्श संस्था नै वैदेशिक रोजगार व्यवसायमा लागेकाे पाइएपछि यसलाई रोक्न मन्त्री श्रेष्ठले दोषिलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैया अरुली गरी संचालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।

विभागले हालै इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्राली र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालीले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्ययाधिकरणका मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताए ।

पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेका मध्ये हाल ३ वटाको मुद्धा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको बताए । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जना सहित ७ करोड रुपैयाका बराबरको मुद्धा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?