नुवाकोटमा बस दुर्घटना, ३६ जनाभन्दा बढी घाइते (तस्वीर सहित)

नुवाकोट । नुवाकोटको विदुर नगरवपालिका वडा नं. ९ स्थित लामाटारमा बस दुर्घटना हुँदा ३६ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । 

नुवाकोट मेग्याङ गाउपालिकाको बुङ्ताङबाट बुधबार बिहान काठमाडौं जादै गरेको वा.२ ख २८०४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिए । 

दुर्घटनामा सामान्य घाइते भएको यात्रुहरुको त्रिशुली अस्पतलामा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं  रिफर गरिएको प्रहरीले बताएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?