२ आश्विन २०७८, शनिवार

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

२०७४,आश्विन,२९,आईतवार ०६:०६


काठमाडौँ, २९ असोज ।आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ ।कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ ।दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् । शनिबार सिन्धुलीमा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको

काठमाडाैं ।  नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५औँ स्मृति दिवस । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २

दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको सरगर्मी बढेको छ ।

ताजा समाचार

अट्टाहस असाेज २
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४
अफगानिस्तानमा खुल्न थाले विद्यालय
 २०७८,आश्विन,२,शनिवार १४:४९
आँधीका कारण जापानका ४९ उडान रद्ध
 २०७८,आश्विन,२,शनिवार १४:४७
जनगणनाका लागि सुपरीवेक्षक गाउँ-गाउँमा
 २०७८,आश्विन,२,शनिवार १४:२७