पहिरोमा पुरिएर बागलुङमा दुई जना वेपत्ता

बागलुङ । अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङमा दुई जना वेपत्ता भएका छन् । 

बागलुङको निसीखोला गाउँपालिका–३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी श्रीमती धन (दिल)कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिए । 

घटनास्थलमा प्रहरी र स्थानीयबाट उद्धारकार्य भैरहेको प्रजिअ खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?