पोखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा

लोकपथ
546
Shares

पोखरा । पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदातामध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायब पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाको मागसहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन ।

‘हारजित स्वाभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ,’ उनले भने, ‘तर खसेको मत त देखाउनुपर्यो नि । खसेको ९ मतको जवाफ चाहियो । उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?