काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा अघि सारेकोप्रति खुशी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले राप्रपा नेपालले २०७० सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्र मार्फत उक्त कुरालाई समावेश गरेको भन्दै खुशी व्यक्त गरेका हुन् ।
तर पार्टी एकीकरणपछि राप्रपाले उक्त मुद्दा छोड्न बाध्य भएको बताउँदै राप्रपाले उक्त मुद्दा अघि सारेर राप्रपा नेपालको बाटोमा आउन लागेको बताउँदै खुशी व्यक्त गरेका हुन् ।
‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७०सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्र मार्फत सार्वजनिक गरेको हो।पार्टी एकीकरणपछि त्यो एजेण्डा छोड्न राप्रपा वाध्य भएको थियो।अहिले पुनः राप्रपा नेपालको बाटोमा राप्रपा आउन लागेको (?) मा खुसी लागेको छ ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डासहित राजालाई अभिभावकीय भूमिकामा राख्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया