बस र ट्रक ठोक्किँदा १६ जना घाइते

काठमाडौं । बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । 

दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो । 

गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । 

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?