रुकुम: पश्चिम रुकुमक एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरेका छन् । आक्रमणबाट अरु दुई जना छोराहरु घाइते भएका छन् ।
मुसिकोट नगरपालिका १४ लहरेखेतमा बस्दै आएका करिब ३७ वर्षीय शंकर विष्टले बुधबार बिहान करिब साढे ६ बजेतिर एक्कासी आफ्ना भाइ र छोराहरुलाई घरेलु हतियारले अन्दाधुन्द आक्रमण गरेका थिए । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरी हबल्दार गणेशबहादुर साउदले जानकारी दिए ।
छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । आमा पानी लिन गएको बेला प्रकाशले आक्रमण गरेका थिए ।
भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् ।
स्थानीयले प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया