सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन : कमल थापा

लोकपथ
1.6k
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा राजा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु गलत भएको बताएका छन् ।

उनले शालिक इतिहासको सम्झना मात्रै भएको उल्लेख गर्दै लोकतन्त्र असहिष्णु बन्न नहुनेमा पनि जोड दिएका छन् ।

‘आन्दोलनको रापतापमा राजा लगायत विपी, भानुभक्त समेतको शालिक तोडफोड गरियो। त्यो गलत थियो। नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो । त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन’, उनले ट्वीटरमा भनेका छन्, ‘शालिक राखेर राजा फर्कने होईन इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?