कृषिमन्त्री यादव भारत भ्रमणमा : रासायनिक मल खरिददेखि एकीकृत चेकपोष्ट निर्माणसम्म छलफल गर्ने

लोकपथ
1.3k
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव बुधबारदेखि भारत भ्रमणमा रहेका छन् ।

भारत भ्रमणका क्रममा मन्त्री यादवले जि टू जी विधिबाट रासायनिक मल खरिद गर्ने, व्यापार प्रवर्द्धन, दुई देशबीच प्राविधिक सहायता र एकीकृत चेकपोष्ट निर्माणको विषयमा समेत छलफल गरिने सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री यादवले भारत सरकारसँग नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि सहयोगको आग्रह गर्ने बताइएको छ ।

‘रासायनिक मल कारखाना स्थापनामास् कृषि उत्पादन सामग्री मध्येको महत्वपूर्ण रासायनिक मलको अभाव र समयमा आपूर्ति हुन नसक्दा वर्षेनि नेपाली कृषकहरुले समस्या झेल्नु परेको छ। यसको दिर्घकालिन समाधानको लागि विद्युत वा ग्याँसबाट संचालित मल कारखाना९ग्याँसबाट संचालित मल कारखानाको हकमा ग्याँस पाइपलाईन विस्तार समेत० स्थापनामा सहयोगको लागि भारत सरकार समक्ष अनुरोध गर्ने। ’ भ्रमण तालिकामा भनिएको छ ।

त्यसैगरी व्यापार प्रवर्धनका नेपालको अन्तर्राष्ट्रिय व्यापारको मुख्य साझेदार भारत रहेको र औद्योगिक बालीहरु निर्यात हुँदा विभिन्न समस्याहरु देखिएकोले व्यापार सहजिकरणको लागि अलैँची, चिया, कफी, अदुवा लगायतका उपजहरु निर्यातमा सहजीकरणको लागि अनुरोध गर्ने समेतका कार्यक्रम रहेको छ ।

त्यस्तै नेपालमा उत्पादन उत्पादकत्व वृद्धिका लागि नस्ल सुधार गर्न मुर्रा राँगा आयात गर्ने विषयमा समेत छलफल हुने सचिवालयले जनाएको छ ।

साथै पशुपन्छीको सिमाबिहिन रोगहरुको नियन्त्रण र पशुपन्छीको व्यापार प्रवर्धनमा सहजिकरणका लागि थप नाकाहरुमा एकिकृत चेकपोष्टस्थापनाको लागि अनुरोध गर्ने समेतका कार्यक्रमहरु रहेको छ ।

मन्त्री यादव जुन १ अर्थात जेठ १८ गतेबाट जुन ७ अर्थात जेठ २४ गतेसम्म भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?