काठमाडौं : लगातार पानी परेपछि अहिले देशभरका ठूला नदीहरूमा बाढी अाएको छ ।
बाढी पूर्वानुमान शाखाका अनुसार यतिखेर देशका ६ वटा प्रमुख नदीहरूमा अाएको बाढीले खतराको संकेत नाघेका छन् ।
सप्तकोशीको अरूण नदीमा अाएको बाढी अहिले खतराको तहभन्दा पनि माथि पुगेको छ । सप्तकोशी तमोर नदीमा अाएको बाढीले मूलघाट र त्रिवेणीमा विपद् निम्त्याउने जोखिम बढाएको छ ।
हेम्पाचाैर र चतराबाट प्राप्त विवरणअनुसार कोशी नदीको बाढी चरताभन्दा तलका बस्तीमा पस्न सक्ने जोखिम देखिएको छ ।
नारायणी नदीको कालीगण्डकी बेसिनमा पनि ठूलो बाढी अाएको छ । यो बाढीले नारायणी नदीमा पानीको सतर्कता तह पार गर्ने शाखाले अनुमान गरेको छ ।
अहिले काठमाडाैं उपत्यकाका प्रमुख नदीहरूमा पनि पानीको सतह निकै बढेको छ । यद्यपी : केही स्थानमा घाम लागेको र तत्काललार्इ पानी पर्न रोकिएकाले नदिकिनारमा रहेका सुकुम्बासी बस्ती र अन्य संरचनामा बाढी पस्ने सम्भावना भने कम देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया