काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको आलोचनात्मक रुपमा स्वागत गरेका छन् ।
आज बजेट वक्तव्यका विषयको छलफलमा भाग लिएका पूर्वमन्त्री समेत रहेका सांसद थापाले बजेटले कृषि, स्वास्थ्य लगायतको क्षेत्रलाई समेटेर बजेट ल्याइएको बताएका छन् ।
बजेट वक्तव्यबारे बोल्दै सांसद थापाले बजेटको आकार, स्रोत व्यवस्थापन, क्षमता वृद्धि कसरी गर्न सकिन्छ भन्दै प्रश्न गरेका छन् ।
‘हाम्रो स्रोत व्यस्थापनमा हामी के नयाँ गर्दैछौँ । हाम्रो क्षमता वृद्धि गर्ने कुरामा हामी के नयाँ गर्दैछाँै । जसको कारणले गर्दा यो वर्ष, मान्य अर्थमन्त्री जी आफैँ करिब करिब २० प्रतिशत बजेटको आकार बढाउने कुरा बजेटमा प्रस्तुत गर्नुभएको छ । यसलाई म जस्तो एउटा सांसदलाई यो यसको आधार छ, केही कुरा तथ्यमा तथ्यांकमा आधारित भएर यसको आकार ल्याएको छु भनेर मलाई कसरी आवस्त पार्नुहुन्छ ?’ थापाले भने ।
त्यसैगरी सांसद थापाले निजी क्षेत्रको विकासको लागि बजेटले समेटेको समेत बताए ।
‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा मानेर निजी क्षेत्रको विभिन्न संघ संस्थाले मानेको मागहरुको थयोचित सम्बोधन भएको भएको छ । जग्गाको हदबन्दीको कुरा होला, चाहे जग्गा लिजमा दिने कुरा होला, चाहे वैदेशिक लगानीको कुराहरु होला ।’ उनले भने ।
सरकारले ल्याएको बजेट समय र शिद्धान्तको हिसावले ठिक भएको बताउँदै उनले व्यापार घाटा घटाउनका लागि उत्पादन बढाउने विषयमा बजेटले समेटेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया