१ आश्विन २०७८, शुक्रवार

किर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारको छानबिनमा

२०७४,आश्विन,२९,आईतवार ०५:५६


सप्तरी, २९ असोज  ।सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ ।सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको विषयमा छानबिन गर्न माग गरिएको हो ।सो समितिका सचिव देवनारायण यादवले समितिका अध्यक्ष वैद्यनाथ र कोषाध्यक्ष उमदादेवीले चेकमा आफ्नो किर्ते हस्ताक्षर गरी रकम झिकेको आरोपसहित अख्तियारमा लिखित उजुरी दिएको बताए ।पुल निर्माणका लागि समितिका अध्यक्ष, कोषाध्यक्ष तथा सचिवको संयुक्त खाता रहेको बताइएको छ ।पुल निर्माणमा अनियमितता र गुणस्तरहीन सामान प्रयोग गरेको र पुल निर्माणको बिल धेरै बनाएकाले सचिवले चेकमा हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष तथा कोषाध्यक्षले किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट रु छ लाख ५५ हजार ४३१ झिकेको सचिव देवनारायणको आरोेप छ ।सो सम्बन्धमा कारबाहीका लागि इटहरीस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्वय समिति सप्तरीमा छानबिन गर्नका लागि माग गरिएको हो ।करिब रु १३ लाखको लागतमा निर्माण भएको सो पुल निर्माण भएको एक महिना नपुग्दै भत्किन थालेको स्थानीय बासिन्दाको भनाइ छ ।रु १३ लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिको दाबी भए पनि सो पुल निर्माणमा रु पाँच लाख पनि खर्च नभएको सचिव यादवको दाबी छ ।जिल्ला समन्वय समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव पोखरेलको निर्देशनमा सो पुल निर्माण भएको थियो ।यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी, पूर्वाञ्चलका प्रमुख कालीप्रसाद पराजुलीले सो उजुरीका आधारमा छानबिन शुरु गरिएको राससलाई बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८
२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ
 २०७८,आश्विन,१,शुक्रवार १९:५४