नागरिकतामा आमा किन स्वेच्छिक ?

काठमाडौं – नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छोराछोरीलाई नागरिकता दिँदा बुबालाई अनिवार्य र आमालाई स्वेच्छिक बनाइएकामा सांसदले विरोध जनाएका छन् ।

सरकारले संसदमा पेश गरेको विधेयक महिलामैत्री नभएको भन्दै उनीहरूले आपत्ति जनाएको समाचार आजको कान्तिपुरले  छापेको छ ।

संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावको छलफलमा सांसद्हरूले विभेदपूर्ण व्यवस्था हटाएर संविधानको मर्मअनुरूप बनाउन माग गरे ।

‘छोराछोरी नागरिकतामा आमालाई स्वेच्छिक बनाएर बाबुलाई अनिवार्य किन बनाइयो’, कांग्रेस सांसद डिला संग्रौलाले भनिन्, ‘विभेद गर्न पाइँदैन । संविधानमा समेत वंशीय आधारमा समान अधिकार हुन्छ भनिएको छ ।’

सांसद शान्ति तामाङले नेपाली नागरिकले राज्यविहीन हुनुनपर्नेगरी कानुन बनाउन माग गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?