विद्युत प्राधिकरणको नाफा ४८ करोड घट्यो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष (२०७४ ७५ मा) ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।

यो रकम अघिल्लो आर्थिक बर्ष २०७३ ७४ को भन्दा ४८ करोड कम हो ।

आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।   आजको कारोबारमा समाचार छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?