‘सरकारले कार्यान्वयन हुनै नसक्ने गरी बजेट ल्यायो’

लोकपथ
91
Shares

काठमाडौं । अर्थविद्हरुले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।

अर्थविद्हरु प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाँण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभाव हुने औंल्याएका छन् । बजेट कार्यान्वयनका लागि स्रोतको सुनिश्चितता नभएको र त्यसका लागि काम गर्ने तौरतरिका पनि मुलुकमा मिलि नसकेको अर्थविद् प्याकुरेलले बताए ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले दलहरुले आफ्नो पपुलारिटीका लागि बजेट ल्याउन सक्ने तर त्यसको पनि सीमा हुनुपर्ने बताए ।

यो बजेट कार्यान्वयनका लागि केही पनि नभएको अर्का अर्थविद् डा. गोविन्द नेपालले बताए । उनले बजेट महत्वकांक्षी भएको उल्लेख गर्दै त्यसका लागि रकम ज्यादै न्यून भएको बताए ।

अर्थविद् डा. पोषराज पाँण्डेले बजेटमा स्वदेशी बस्तुको प्रवद्र्धनको कुरा गरिए पनि त्यो के हो भन्ने नखुलेको बताए । उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कुरा बजेटमा आएपनि त्यसको वे आउट नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अर्थविद् पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा खर्च धान्ने क्षेत्रहरुको उल्लेख नगरिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?