रेडपान्डाको छालासहित ३ जनालाई बसपार्क प्रहरीले समात्यो

काठमाडौं–महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले  रेड पाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

 काठमाडौंको टोखा नगरपालिका ९ लक्मीनगर स्थित होटल दुर्गा गेष्टबाट  नुवाकोट तादी गाउँपालिका २ स्थायी घर भई टोखा बस्ने रामान तामाङ, मनमैजु बस्ने  राज कुमार तामाङ र   प्रेम बहादुर तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रभागका प्रहरी निरीक्षक मोहन विक्रम केसी नेतृत्वको टोलीले पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?